शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपालमा रावणको शासन छः डा. लोहनी

नेपालमा रावणको शासन छः डा. लोहनी

चैत्र २६, २०८१ मंगलवार
चैत्र २६, २०८१ मंगलवार
  • नेपालमा रावणको शासन छः डा. लोहनी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा रावणको शासन चलिरहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘नेपालमा रावणहरूको शासन चलिरहेको छ । रावण भनेको अहंकार हो, घमण्ड हो । सर्वसाधारणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेको ठीक हो भन्ने अहंकार हो । नेपालमा अहिले जनताको बल लिएर रावण प्रवृत्तिहरूले शासन चलाइरहेका छन्,’ उनले भने । उनले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको यथाशीघ्र रिहाइको माग समेत गरेका छन् ।

    उनीहरूलाई लामो समय कारबासमै राख्ने षड्यन्त्र भइरहेको बताए । ‘उहाँहरूलाई २५ वर्षसम्म झ्यालखाना राख्ने मुद्दा लगाएको छ । यो देश तिमीहरूको बिर्ता होइन, नेपाली जनताको लालपुर्जा हो । यसमा खेलाँची नगर,’ उनले भने ।

    मिश्र र राणालाई नछाडेसम्म आफूहरूले नछाड्ने उनले बताए । ‘यदि छोडिएन भने हामी पछि लाग्छौं । उहाँहरूले नेपाली जनताको पक्षमा बोल्नु भएको हो । उहाँहरूलाई छोड्नुस्, छोड्नु पर्छ,’ उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट