शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीनकुने प्रदर्शनः शाही युवा शक्तिका उपाध्यक्ष श्रेष्ठ पक्राउ

तीनकुने प्रदर्शनः शाही युवा शक्तिका उपाध्यक्ष श्रेष्ठ पक्राउ

चैत्र २६, २०८१ मंगलवार
चैत्र २६, २०८१ मंगलवार
  • तीनकुने प्रदर्शनः शाही युवा शक्तिका उपाध्यक्ष श्रेष्ठ पक्राउ

    शाही युवा शक्ति नेपालका उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलबहादुर श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो ।

    उनी शाही युवा शक्तिका दोस्रो वरीयताका व्यक्ति रहेको प्रहरीको भनाइ छ । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का भने यसअघि नै पक्राउ परेर हिरासतमा छन् । श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    राजावादी प्रदर्शनमा अराजक जत्था भेला पार्ने काममा सक्रिय भएको आरोपमा उनी पक्राउ परेका हुन् । उनीसँगै प्रदर्शनसँग सम्बन्धित अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।

    पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट