Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकार सुध्रिएन भने जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन्ः राप्रपा सांसद सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा बाहेक अरु विकल्प नभएको बताएका छन् । काठमाडौं बल्खुमा आयोजित राप्रपाको बृहत जनसभामा बोल्दै नेता सिंहले राजाले मात्रै नेपाली समाज र देशलाई एकजुट र एकीकृत गर्नसक्ने दावी गरे ।

‘धर्म, संस्कृति र संस्कार जोगाउनका लागि राजसंस्था अपरिहार्य छ,’उनले भने, ‘देश बचाउनका लागि राजाबाहेक अरु विकल्प छैन ।’ उनले मुलुक भ्रष्टाचारमा डुबिसकेको भन्दै यसलाई बचाउन सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए । ‘देश समाप्त हुने अवस्थामा पुगिसकेको छ । देश भ्रष्टाचारमा डुबिसकेको छ,’ उनले थपे, ‘यसकारण मुलुक बचाउन सबै राजनीतिक दल एकजुट हुनैपर्छ ।’


नेता सिंहले राजनीतिक खिचातानीका कारण नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अवकाश पाइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेको बताए । वर्तमान सरकार सुघ्रिएन भने नेपाली जनताले श्रीलंका र बंगलादेशको अवस्था ल्याउने दावी गरे । उनले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई निशर्त छोड्न पर्ने बताए ।

उक्त घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको माग छ ।