शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कारागारबाट रविको चेतावनीः पालो सबैको आउँछ, मैले जस्तै अरुले पनि जाँच  दिनु पर्नेछ

कारागारबाट रविको चेतावनीः पालो सबैको आउँछ, मैले जस्तै अरुले पनि जाँच  दिनु पर्नेछ

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • कारागारबाट रविको चेतावनीः पालो सबैको आउँछ, मैले जस्तै अरुले पनि जाँच  दिनु पर्नेछ

    भैरहवा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको दावी दोहोर्‍याएका छन्। उनले नेता–कार्यकर्ताका लागि चार वटा सन्देश पठाएका हुन्।

    उनले अहिले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र पालो सबैको आउने बताएका छन् । उनले भने, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि जाँच दिनु पर्नेछ।’

    उनले आफूले अदालतको सम्मान गर्ने बताउँदै कानुनले दिएको अधिकार प्रयोग गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्ने पनि जानकारी दिएका छन् । त्यसका लागि आफ्ना कानुन व्यवसायीले काम थालिसकेको बताए ।

    यस्तै उनले न्यायालयबाट न्याय पाउनेमा ढुक्क रहेको बताउँदै उनले भने, तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित हुन्।’ उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन्। ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट