Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कारागारबाट रविको चेतावनीः पालो सबैको आउँछ, मैले जस्तै अरुले पनि जाँच  दिनु पर्नेछ

भैरहवा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको दावी दोहोर्‍याएका छन्। उनले नेता–कार्यकर्ताका लागि चार वटा सन्देश पठाएका हुन्।

उनले अहिले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र पालो सबैको आउने बताएका छन् । उनले भने, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि जाँच दिनु पर्नेछ।’

उनले आफूले अदालतको सम्मान गर्ने बताउँदै कानुनले दिएको अधिकार प्रयोग गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्ने पनि जानकारी दिएका छन् । त्यसका लागि आफ्ना कानुन व्यवसायीले काम थालिसकेको बताए ।

यस्तै उनले न्यायालयबाट न्याय पाउनेमा ढुक्क रहेको बताउँदै उनले भने, तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित हुन्।’ उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन्। ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् ।