Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री ओली, के भयो कुराकानी?

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) सहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्। 

“धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला”, प्रधानमन्त्री ओलीले भने।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ। यसै क्रममा, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनमा परम्परागत विधिहरूको सट्टा आधुनिक प्रविधि आधारित ल्याण्डफिल्ड साइटको आवश्यकता रहेको बताउँदै त्यसमा जोड दिए।