शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

खाानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङले भेटे मन्त्री

खाानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङले भेटे मन्त्री

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • खाानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङले भेटे मन्त्री

    खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटवार्तामा प्रमुख राईले धरानको खानेपानी सुधारका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

    उनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि धरानको खानेपानी सुधारका लागि बजेट विनियोजनको मागसहितको औपचारिक पत्र बुझाएका छन् । नगर प्रमुख राईले धरान क्षेत्रमा खानेपानी आपूर्ति अझ प्रभावकारी र दिगो बनाउन बजेट आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवको ध्यानाकर्षण गराएका हुन् ।

    मागलाई गम्भीरतापूर्वक लिएको जानकारी दिँदै मन्त्री यादवले आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् । मेयर साम्पाङ यसअघि पनि धरानमा खानेपानी माग गर्दै रित्तो गाग्रोसहित सिंहदरबार आएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट