Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले सो प्रदेशका लघु, साना तथा मझौला उद्यम (एसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकीको स्थापना गरेको छ । यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा रानाले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले सञ्चालनमा ल्याएको उक्त यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

SME & CB Hub snap.jpg

एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकीमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्यलगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ ।

कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकीमार्फत प्रदान गरिने प्रमुख सेवाहरूमा व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया बैंकले जनाएको छ ।