Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रवि दाइलाई अब सबैले बिर्सनुपर्छः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नु पर्ने बताएका छन् ।  आज सोाबार सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाएका हुन् ।

उनले लेखेका छन्, ‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सन पर्छ । दुई–चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन ।’

उनले लेखेका छन्: काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ । चुनावी रणनीति अन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ, क्लव हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो । अब रवि दाइ वर्षौँका लागी मामाघर जानु भएको छ । अब क्लवबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ ।  रविको क्लवबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । हिजो जसरी काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग डराएनौँ, त्यसरी यी दुइ-चार हजार अरिङ्गालसँग पनि डराउनु पर्दैन । झोले र अरिङ्गालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।