शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त

    प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६औं जन्मदिनका अवसरमा गत वर्ष उनकै निवासमा भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

    राष्ट्रिय समाचार समिति (रासस)का पूर्वप्रमुख समाचारदाताको जिम्मेवारीसहित मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा अमूल्य योगदान पुर्याएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा गएराति ९७ वर्षको उमेरमा निधन भएको थियो ।

    उनी लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार