शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लगातार घट्दै सुनको भाउ, हेर्नुहोस् आज तोलाको कति पुग्यो?

लगातार घट्दै सुनको भाउ, हेर्नुहोस् आज तोलाको कति पुग्यो?

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • लगातार घट्दै सुनको भाउ, हेर्नुहोस् आज तोलाको कति पुग्यो?

    नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ । दुई दिनमा पाँच हजार आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज सोमबार पनि ओरालो लागेको छ ।

    सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य शुक्रबार तोलामा तीन हजार नौसय र आइतबार एक हजार नौसय रुपैयाँ घटेको थियो । सुनको मूल्य आज प्रतितोला एक लाख ७३ हजार आठसय रुपैयाँमा झरेको छ ।

    हिजो सुनको मूल्य एक लाख ७४ हजार पाँचसय रुपैयाँ थियो । गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । 

    आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार