Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लगातार घट्दै सुनको भाउ, हेर्नुहोस् आज तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ । दुई दिनमा पाँच हजार आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज सोमबार पनि ओरालो लागेको छ ।

सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य शुक्रबार तोलामा तीन हजार नौसय र आइतबार एक हजार नौसय रुपैयाँ घटेको थियो । सुनको मूल्य आज प्रतितोला एक लाख ७३ हजार आठसय रुपैयाँमा झरेको छ ।

हिजो सुनको मूल्य एक लाख ७४ हजार पाँचसय रुपैयाँ थियो । गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । 

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो ।