शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जनमत र नाउपाबीच एकताः कसलाई कुन जिम्मेवारी?

जनमत र नाउपाबीच एकताः कसलाई कुन जिम्मेवारी?

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • जनमत र नाउपाबीच एकताः कसलाई कुन जिम्मेवारी?

    जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सहमति भएको छ। एकतापछिको नाम ‘नागरिक जनमत पार्टी’ हुने भएको छ । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति जुटाएको हो ।

    चुनाव चिह्न ढकिया राख्ने निर्णय भएको कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो। आयातकार आकारको झण्डाको बीचमा ढकिया राख्ने सहमति भएको उनले जानकारी दिए। एकतापछिको पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने उपाध्यक्ष खानले बताए। त्यस्तै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ।

    क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ। चितवनदेखि पश्चिम रेशमलाल चौधरीलाई जिम्मेवारी मस्यौदा समितिले दिएको छ । केही दिनमै कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने बताइएको छ। वैशाख देस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ गते घोषणा गरिने जनमतका उपाध्यक्ष खानले बताए।

    गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो। जनमतले समानुतिकतर्फ ५ सिट जितेको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । त्यस्तै मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन्।

    १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६औं स्थानमा रहेका नाउपा र जनमत एक भए चौथो स्थानमा पुग्नेछ। लुम्बिनीमा राप्रपाका पनि ४ सांसद छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट