शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकारले काम गर्न नसक्दा असन्तुष्टि सडकमा पोखियोः गगन थापा

सरकारले काम गर्न नसक्दा असन्तुष्टि सडकमा पोखियोः गगन थापा

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • सरकारले काम गर्न नसक्दा असन्तुष्टि सडकमा पोखियोः गगन थापा

    सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो गतिमा काम गर्न नसक्दा नागरिकमा असन्तुष्टि पैदा भएको र उक्त असन्तुष्टि सडकमा पोखिएको बताएका छन् । आइतबार दाङको तुलसीपुरमा आयोजित नेपाल थारू संघ क्षेत्र नम्बर ३ को प्रथम अधिवेशन तथा सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले संविधानका पानामा लेखिएको अधिकार नागरिकले प्राप्त गर्न नसक्दा असन्तुष्टि बढेको बताए ।

    संविधानको कार्यान्वयनका सवालमा सरकार र त्यसका नेतृत्वकर्ताको अदूरदर्शिता कारण समस्या थपिएको उनको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको शासन व्यवस्थालाई यहाँसम्म ल्याउन धेरै दशक बिताएको भन्दै अबको दशकमा समृद्धिका लागि काम गर्नुपर्ने बताए । अहिलेको यो दशकमा पनि जनतामा रहेको निराशा हटाउने, विदेशिने युवालाई देशभित्रै सम्भावनाका आयाम तय गर्न सक्ने र विदेशिएका युवालाई स्वदेश फर्काउने दशक बनाउने गरी काम गर्नुपर्ने उनले बताए ।

    सम्मेलनलाई सम्बोधन गर्दै एक अर्को प्रसंगमा महामन्त्री थापाले नेपालको राजासंस्थामा राजसंस्थाको चरित्र नभएका कारण कसैले चाहेर पनि संवैधानिक बनाउन नसक्ने बताए । अहिलेको व्यवस्था खराब नभएर केही प्रवृत्ति मात्रै खराब भएको र त्यसको सुधार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    नेपाल थारू संघ नेपाली कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संस्था रहेको बताउँदै महामन्त्री थापाले थारू संघका मागलाई सम्बोधन गरी राजनीतिक रूपमा सगंठित बनाउने प्रतिबद्धता व्यक्त गरे । थारू समुदायले चाहे अनुरूप राजनीतिक न्याय अझै नपाएको भन्दै महामन्त्री थापाले थारूका नाममा खोलिएका पार्टीले थारू समुदायको मुद्दा हल गर्न नसक्ने पनि बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार