Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सुरेश रजकको परिवारलाई भेटेर देउवाले भने–दोषी कसैलाई छाडिँदैन

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छाड्न नहुने बताएका छन् । 

आज आइतबार तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै सभापति देउवाले दोषी कसैलाई पनि छाड्न नहुने बताएका छन् । सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टीको निर्णय नै रहेको सुनाए ।

 उनले राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनासहित धेरै निजी संरचना ध्वस्त पारिएको बताए ।  रजकको परिवारले घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेको थिए ।

रजकको परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेको थियो ।