शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संघीयता खारेजको माग गर्दै सडकमा उत्रियो जनमोर्चा

संघीयता खारेजको माग गर्दै सडकमा उत्रियो जनमोर्चा

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • संघीयता खारेजको माग गर्दै सडकमा उत्रियो जनमोर्चा

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राष्ट्रिय जनमोर्चाले आन्दोलन थालेको छ । राजसंस्था पुनः स्थापनाको मागसहित आन्दोलन भइरहेका बेला जनमोर्चाले भने गणतन्त्र रक्षा हुनु पर्ने माग गर्दै सडक आन्दोलन थालेको हो ।

    जनमोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको परिप्रेक्षकमा संघीयता भने अभिशाप भएको बताएको छ । कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको दोहोर्‍याउँदै उसले संघीयताको प्रधान पक्ष त्यसको प्रादेशिक संरचना भएको बताएको छ ।

    जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले धेरै नै कमजोर देशका लागि संघीयता देश र जनताको हितमा नभएको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ । तैपनि विदेशी साम्राज्यवादीहरूको निहित स्वार्थ पूरा गर्न उनीहरूको दबाबमा नै नेपालका विभिन्न राजनीतिक पार्टीहरूले संघीयतालाई नेपालमाथि लादेका हुन् । त्यसले देशलाई राष्ट्रिय विखण्डन, क्षेत्रीय विभाजनको स्थितिको सृजना गर्नुका साथै देशको विकासलाई पनि कुण्ठित गर्ने कुरा प्रस्ट छ । त्यसका साथै सङ्घीयताका कारणले देशमा जातीय विग्रह पैदा हुने र देश टुक्रा टुक्रा हुँदै जाने खतरातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।’

    स्थानीय निकायलाई थप बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जनमोर्चाको माग छ । आन्दोलन ३० गतेसम्म जारी रहने बताउँदै जनमोर्चाले गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयतालाई खारेज गर्नका लागि व्यापक रूपले एकताबद्ध हुन र संघर्षमा उत्रन सबैमा अपिल पनि गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट