Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राप्रपाको प्रदर्शनलाई संयुक्त आन्दोलन समितिको समर्थन, राष्ट्रिय झण्डासहित सहभागी हुने

 यही चैत्र २६ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभामा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति पनि सहभागी हुने भएको छ ।

समितिका कार्यवहाक संयोजक डा।जगमान गुरूङले विज्ञप्ति जारी गर्दै राप्रपाको आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुने जनाएका छन् । गुरूङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूलाई आह्वान समेत गरेका छन् ।

‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ राप्रपाले भृकुटीमण्डपमा प्रदर्शन तथा बृहत् सभा गर्न लागेको छ ।