शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बर्दियामा जनमत र नाउपाको एकता वार्ता जारी

बर्दियामा जनमत र नाउपाको एकता वार्ता जारी

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • बर्दियामा जनमत र नाउपाको एकता वार्ता जारी

    मधेश र तराईमा गत आम निर्वाचनमा उदाएका जनमत र नागरिक उन्मुक्ति पार्टी एकताका लागि बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा पहिलो कार्यदलको बैठक बसिरहेको छ ।

    कार्यदलको बैठकले विधान मस्यौदा प्रतिस्थापनका लागि समिति बनाउने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आइतबार बस्ने बैठकमा विधानले मूर्तरुप पाउने जानकारी दिए।

    पार्टी एकीकरणका लागि बैशाख ५ र ६ गते टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने उनले जनाए । गुलरियामा चौधरीको घरमा बिहान सीके राउतसँग भेटवार्तापछि उनीहरु अमरपुर गएका छन् । संक्षिप्त कुराकानीमा जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय दलको आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व जनमत पार्टीले लिने बताए ।


    एकीकरणका लागि दुबै पार्टीबीच कुनै डिमाण्ड नभएको अध्यक्ष राउतको भनाइ छ । उनले भने, ‘केही कुरामा समझदारी नभए दुबै पार्टीले आ–आफ्ना अडान छाड्नेछौं । जति हुन्छ छिटो एकिकरणको मुद्दा टुंग्याउने छौं । पहिचानको मुद्दा दुबै पार्टीको हो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट