शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मिल्काइसकेका राजाको बारेमा छलफल गर्ने समय होइनः गगन थापा

मिल्काइसकेका राजाको बारेमा छलफल गर्ने समय होइनः गगन थापा

‘कीर्तिपुर मात्रै होइन, थुप्रै डाँडाहरूमा २–४ लाख कमाउने स्थिति बनाउन सक्छौं’

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • मिल्काइसकेका राजाको बारेमा छलफल गर्ने समय होइनः गगन थापा

    सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) एक कार्यक्रममा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०/०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन्।

    उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए। उनले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने रु आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताए । उनले अबको ८-१० वर्ष भित्रमा कीर्तिपुरको डाँडा मात्रै नभई अन्य ठाउँमा पनि दुई-चार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताए ।

    महामन्त्री थापाले भने ‘मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडा मात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई–चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ । त्यो पोर्टेन्सियल हामीसँग छ। तर त्यसका निम्ति सोच्नु पर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ। हाम्रो सुरुवात भइसक्यो । अलिकति गति बढाउनु पर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो। कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ । अरु स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरू पनि ल्याऔँ । एकदम पोजेटिभ, ओपन माइण्डेट ।’

    उनले भने, ‘सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने । हाम्रो भागमा परेको काम हामीले र तपाईंको भागमा परेको काम तपाईंले गर्ने हो । अबको ८-१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन । हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने रु आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ ।’ महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आइटी क्षेत्रले आशा देखाएको बताए । आइटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको उल्लेख गरे ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट