Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकार सेखी झार्न रविलाई लखेटिरहेको छः स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ०८४ मा जनताले पुराना पार्टी तथा नेताहरूलाई ठूलै सजाय दिने बताएका छन् । आज शनिबार चितवनमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘५४ हजार मतका साथ रविजीले जित्नु भएको छ । सरकारले उहाँलाई लखेटेको छ । विगत सात-आठ महिनायता उहाँसँग पुराना दल र नेताहरू डराएका छन्, सरकार डराएको छ । मलाई लाग्छ– ०८४ मा नेपाली जनताले उनीहरूलाई ठूलै सजाय दिनेछ,’ उनले भने ।

उनले राम्रो काम गर्नेहरूलाई टिक्नै नदिने प्रवृत्ति बढ्दै गएको पनि बताए। ‘सरकारले छानी छानी लखेटिरहेको छ । सरकार राम्रो काम गर्नेलाई गलाउनका लागि लखेटिरहेको छ । जीबी राई ८ महिना भयो, नामै लिएको छैन । तर, राम्रो काम गर्नेलाई छानी छानी सिद्ध्याउने क्रम चलिरहेको छ,’ उनले भने ।