शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दलहरूमा समस्या भयो राजतन्त्र फर्काउनु पर्छ भन्ने तर्क हाँस्यास्पदः बाबुराम भट्टराई

दलहरूमा समस्या भयो राजतन्त्र फर्काउनु पर्छ भन्ने तर्क हाँस्यास्पदः बाबुराम भट्टराई

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • दलहरूमा समस्या भयो राजतन्त्र फर्काउनु पर्छ भन्ने तर्क हाँस्यास्पदः बाबुराम भट्टराई

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले दलमा समस्या हुँदा राजतन्त्र फर्काउनु पर्छ भनेर गरिएको व्याख्यालाई कुर्तकको संज्ञा दिएका छन् । आज (शनिबार) सामाजिक सञ्जाल एक्समा ‘राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र’ पुस्तकको एक अंशबारे चर्चा गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।

    उनले भनेका छन्, ‘नेपालमा अहिले दलहरूको नेतृत्वमा नै राजा–रजौटा प्रवृत्ति हावी भएकाले बरु पुरानै मृत राजतन्त्रलाई किन नब्युँताउने? भन्ने हास्यास्पद कुतर्क केही वृत्तमा चल्न थालेको छ ।’ यस्तै कुराको खण्डन गर्दै मैले २०६१ माघ ६ गते ९ तत्कालीन राजा ज्ञानेन्द्रले प्रम देउवालाई बर्खास्त गरेर सम्पूर्ण सत्ता हातमा लिएको माघ १९ गते भन्दा १३ दिन अगाडि एक लेखमार्फत गरेको कुरा पनि उनले स्मरण गराएका छन् ।

    उनले अगाडि लेखेका छन्, ‘त्यसैलाई बहाना बनाएर प्रचण्डले हामीलाई तत्कालै माघ १६ गते पार्टीभित्र कारबाही गरेका थिए । जुन अब इतिहास भइसकेको छ ।’ नयाँ पुस्ताले यो इतिहास ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार