Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रुपमा ‘कर्पोरेट बिजनेश अवार्ड २०२५’ बाट सम्मानित

एनसेल निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेश अवार्ड २०२५’ बाट सम्मानित भएको छ । कम्पनीले बिहीबार यो सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेशनल कम्पनी अफ द इयर’का रुपमा पाएको हो ।

रक्षामन्त्री मानवीर राई, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघकी भुतपुर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले संयुक्तरुपमा यो अवार्ड एनसेललाई प्रदान गरेका थिए । एनसेलका तर्फबाट कम्पनीकी मार्केटिङ, कम्युनिकेशन एन्ड सेस्टेनिविलिटी डाईरेक्टर पुनम सिंहले अवार्ड ग्रहण गरेकी थिईन् ।

एनसेल देशमा सञ्चार तथा सूचना प्रविधिको विकासमा ठूलो भूमिका खेल्दै विगत दुई दशकदेखि अत्यावश्यक दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनी हो । त्यस्तै, यो सबैभन्दा धेरै कर तिर्ने ठूलाकरदाता मध्ये पनि एक हो । स्थापना कालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीले कर र शुल्कबापत तीन सय २० अर्बभन्दा बढी योगदान गरिसकेको छ ।

त्यसैगरी कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रहरूमा केन्द्रित रही आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत दुई अर्बभन्दा बढीको योगदान गरिसकेको छ, जसले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग पुर्याएको छ ।