शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • रवि लामिछाने पक्राउ

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनको निवास बूढानीलकण्ठबाट शुक्रबार साँझ रविलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरिए पनि आजै रूपन्देही भने नलगिने स्रोतले बतायो। उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र शनिबार मात्रै रूपन्देही लगिने उनले बताए।


    उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो । उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार