Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

थाइल्यान्डमा भयो प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

 प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । उनीहरूबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्रीद्वयबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको हो । विशेष गरी ओलीसँग भारतीय पक्ष असन्तुष्ट रहेको चर्चा हुने गर्छ ।

पछिल्लोपटक प्रधानमन्त्री भइसकेपछि ओलीलाई भारतले औपचारिक निमन्त्रणा दिएको छैन ।