Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ ।

अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ भएको जनाएको छ ।

अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ । 

आज प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।