Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

‘बिम्स्टेक डिनर’ मा ओली–मोदी र युनुस सँगसँगै

प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान् शिनावात्राले बिहीबार साँझ बिमस्टेक सम्मेलन अगाडि बैंककमा आयोजना गरिएको रात्रिभोजमा सँगसँगै देखिएका हुन्।

मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बसेका थिए । मोदीसँग ओली र युनुसको भेट दुर्लभ हो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएको बेला गत ७ असोजमा न्युयोर्कमा ओली र मोदीबीच भेटवार्ता भएको थियो ।


त्यस्तै, बंगलादेशमा गत वर्ष अगस्टमा भएको सत्तापलटपछि मोदी र युनुसबीचको यो पहिलो भेट हो । गत अगष्ट ५ मा प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि भारतमा शरण लिएपछि दुई देशबीच तनाव बढेको थियो ।

बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि आक्रमण भएको भन्दै भारत रुष्ट छ । बंगलादेशले भने हसिनालाई शरण दिएकोमा आक्रोश व्यक्त गर्दै आएको छ ।