Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता

थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीच आज बैंककमा भेटवार्ता भएको छ ।

myanmar pm12025-04-03-19-03-05.jpg

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग म्यान्मारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री हलिङसँग साइडलाइट भेटवार्ता भएको हो ।

kp oli-srilanka3.jpg

उनीहरुबीच दुई पक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।