शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ज्ञानेन्द्र शाह भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहान्छन् तर उनको चाहना पूरा हुँदैन - गगन थापा

ज्ञानेन्द्र शाह भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहान्छन् तर उनको चाहना पूरा हुँदैन - गगन थापा

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • ज्ञानेन्द्र शाह भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहान्छन् तर उनको चाहना पूरा हुँदैन - गगन थापा

    सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहेको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    काठमाडौंको तीनकुनेमा १५ चैतमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट पारेको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनु हुन्छ । तर उहाँको चाहना पूरा हुँदैन’ उनले भने । उनले कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी नभएको पनि बताएका छन् ।

    महामन्त्री थापाले भने, ‘बीपी कोइरालालगायतले यो पार्टी बनाउँदै गर्दा त्रिभुवन राजा जतिबेला भागेर भारत जानुभयो, त्यो बेलामा उहाँलाई भारतै छाडेर आउन पनि सकिन्थ्यो होला, तर सँगै लिएर आउनु भयो । महेन्द्र राजाले ‘कु’ गरेर बीपी कोइरालालाई ८ वर्ष थुनेर भारत प्रवासमा बसेर हातमा ७ वटा ज्यान मुद्दा लिएर नेपाल फर्किदै गर्दा पनि बीपी र गणेशमानले भन्नुभयो, राजा जति खराब भए पनि हामी संविधानभित्र बस्ने राजा चाहन्छौं भनेर आएको पार्टी हो, लुकाउनु पर्ने कारण छैन । हामी जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन । हामी यो मञ्चमा बसेकाहरु राजा चाहिन्छ भनेरै आएका हौं। राजा मानेरै आएका हौं ।’

    राजा वीरेन्द्र मारिँदा कपाल खौरिएर १३ दिन बसेको स्मरण गर्दै उनले अब राजालाई संवैधानिक बनाउन नसकिने बताए। अहिले निर्मल निवासमा त यति धेरै उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटीमा बसेको भए कति मच्चाउँथे होला भन्दै उनले प्रश्न गरे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार