Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्ताका लागि बोलायो

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकका माग सम्बोधन गर्न सरकार सधै सकारात्मक रहेको भन्दै छलफलमा आउन भनेका हुन् ।

यो पनि हेर्नुहोस् -

यता, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू बुधबारदेखि काठमाडौं केन्द्रीत आनदोलनमा उत्रिएका छन् । यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।

शिक्षकहरुले ऐन जारी गर्न माग गरे पनि भर्खरै संसदको हिउँदे अधिवेशन अन्त्य भएकोले सम्भव छैन । शिक्षकहरुले भने अध्यादेशबाट भए पनि आफ्ना माग सम्बोधन गर्नु पर्ने बताएका छन् । 

image-5.png