Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

उपमेयर डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ ।

बिहीबार मध्याह्न उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक सुरु भएको हो । बैठकमा मेयर बालेन शाह सहभागी छैनन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाई हाजिर गर्न पुगे लगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ ।

उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको छ । गुरागाईलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए ।

बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै कार्यक्षसम्म पुर्‍याए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।