शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राष्ट्रपतिलाई मह जोडीको आग्रहः देश बनिरहेको छ, नेताहरूलाई सुधार्न घचघच्याउनु पर्‍यो

राष्ट्रपतिलाई मह जोडीको आग्रहः देश बनिरहेको छ, नेताहरूलाई सुधार्न घचघच्याउनु पर्‍यो

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • राष्ट्रपतिलाई मह जोडीको आग्रहः देश बनिरहेको छ, नेताहरूलाई सुधार्न घचघच्याउनु पर्‍यो

    वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

    उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरुलाई घचघच्याउन आग्रह गरेका छन् ।

    भेटपछि मह जोडीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए । तर, राजनीतिक दलका नेताहरुको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको हुनाले राजनीतिक नेतृत्वलाई राष्ट्रपति ज्यूले सुधारका लागि घचघच्याउन आफूहरुले सुझाव दिएको जानकारी दिए ।

    ‘देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, विचौलियाले जनता मारमा परे । राष्ट्रपति ज्यूले यसमा सम्बद्ध सबैलाई घचघच्याइ दिनुपर्‍यो’, उनीहरूले भने । उनीहरुले राष्ट्रपतिसँग भने, ‘अरुलाई कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपर्‍यो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार