शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीनकुने मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईको फोटो देखेपछि टाप कसेः राप्रपा उपाध्यक्ष तामाङ

तीनकुने मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईको फोटो देखेपछि टाप कसेः राप्रपा उपाध्यक्ष तामाङ

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • तीनकुने मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईको फोटो देखेपछि टाप कसेः राप्रपा उपाध्यक्ष तामाङ

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष बुद्धिमान तामाङले चैत १५ गतेको राजावादी प्रदर्शनमा दुर्गा प्रसाई हाबी भएको देखेपछि आफू त्यहाँबाट निस्किएको बताएका छन् । आज (बुधबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तामाङले आन्दोलनलाई समर्थन गर्दा पार्टीबाट पनि गल्ती भएको हुन सक्ने बताएका हुन् । 

    ‘मञ्चतिर यसो हेर्दाखेरी त ज्ञानेन्द्र शाहको जत्रै दुर्गा प्रसाईको फोटो देखें । त्यो देखेपछि यो त खत्तम रैछ भन्ने लाग्यो । अनि म फरक्क फर्के । म सिनामंगल आइपुग्दा त टियर ग्यास मञ्चमा हानिसकेको रहेछ,’ उपाध्यक्ष थापाले भने । पार्टीबाट पनि केही ल्याप्सेस भएको हुन सक्ने उनको भनाइ छ ।

    ‘हाम्रो नि ल्याप्सेस होला नि । जसले जे गर्ने भने त्यसलाई समर्थन गर्ने भन्दा त नहुने रहेछ नि । हाम्रो कार्यविधि छ।साइडबाटै यसो हेरेर म पनि टाप कसिहाले नि,’ उनले भने । त्यस्तै तीनकुनेको घटनामा एक पक्षलाई मात्र दोष लगाइराखिएको पनि उपाध्यक्ष तामाङको भनाइ छ । उनले भने, ‘सत्य तथ्य पत्ता लगाउनुपर्‍यो । महामन्त्री र वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ । उहाँहरूलाई सबै दोषको जिम्मा लगाउने हो र ? न्यायिक जाँच हुनुपर्‍यो । जो दोषी छ त्यसलाई सजाय दिनुपर्‍यो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार