शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्दाहेर्दै’ मा

कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्दाहेर्दै’ मा

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्दाहेर्दै’ मा

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट ‘हेर्दाहेर्दै’ मा परेको छ । आज (मंगलबार) न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेका मुद्दा हेर्दाहेर्दैमा रहेको हो ।

    रिटमाथि मंगलबार दिनभर सुनुवाइ भएर अपराह्न हेर्दाहेर्दैमा राखिएको हो । रिटमाथि पुनः बुधबार सुनुवाइ हुने अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन् । कुलमान र हितेन्द्रदेवको मुद्दाको सुनुवाइ लम्बिएपछि बाँकी रहेका अन्य मुद्दा हेर्न नभ्याइने र हेर्न नमिल्नेमा परेका थिए ।

    यसअघि आइतबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो। त्यो इजलासले उक्त रिट हेर्न नमिल्नेमा राखेको थियो । दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो । यसअघि गत चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो । उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो । त्यस्तै पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जबाफको माग गरिएको छ । घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो ।

    घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन् । यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् । गत चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार