शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत

फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत

    नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको बिदालाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

    संघीय संसदको हिउँदे अधिवेशनमा भएका २७ वटै बैठकमा अनुपस्थित सांसद बस्नेतको बिदालाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो । संसद् सचिवालयका अनुसार बस्नेत २०८१ माघ १८ गतेदेखि मंगलबारसम्म बसेका २७ वटै बैठकमा अनुपस्थित रहेकी हुन् ।

    सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रस्तुत गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् । उनी उपचारमा रहेका कारणले उपस्थित हुन नसकेको भनेर संसद् सचिवालयलाई सूचना दिएकी थिइन् । यही विवरण सभामुखले सभामा प्रस्तुत गरे ।

    तर, सहकारी ठगीको अनुसन्धानमा रहेकी बस्नेत फरार विरामीको बहानामा फरार भएकी हुन् । प्रहरीको फरार सूचीमा रहेकी र कुनै पनि बैठकमा उपस्थित नजनाएकी बस्नेतले सांसदको रुपमा प्राप्त गर्ने तलबभत्ता र सेवासुविधा भने लिइरहेको संसद सचिवालयले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार