Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रविलाई सभामुखको जवाफः मैले निलम्बन फुकुवा गर्न सक्दिनँ

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएका छन् ।

आफ्नो सांसद पद फुकुवाको मागसहित सभामुख घिमिरेलाई आज (मंगलबार) भेट्न पुगेका लामिछानेसहित रास्वपाको टोलीलाई उनले फुकुवा गर्ने अधिकार आफूसँग नभएको जवाफ दिएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

‘सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन । मैले सूचना मात्रै जारी गरेको हो । कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ । मैले निलम्बन फुकुवा गर्न सक्दिनँ’ सभामुखलाई उदृत गर्दै उनले सुनाए ।

यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए । मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् । लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।