शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रविलाई सभामुखको जवाफः मैले निलम्बन फुकुवा गर्न सक्दिनँ

रविलाई सभामुखको जवाफः मैले निलम्बन फुकुवा गर्न सक्दिनँ

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • रविलाई सभामुखको जवाफः मैले निलम्बन फुकुवा गर्न सक्दिनँ

    सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएका छन् ।

    आफ्नो सांसद पद फुकुवाको मागसहित सभामुख घिमिरेलाई आज (मंगलबार) भेट्न पुगेका लामिछानेसहित रास्वपाको टोलीलाई उनले फुकुवा गर्ने अधिकार आफूसँग नभएको जवाफ दिएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

    ‘सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन । मैले सूचना मात्रै जारी गरेको हो । कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ । मैले निलम्बन फुकुवा गर्न सक्दिनँ’ सभामुखलाई उदृत गर्दै उनले सुनाए ।

    यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए । मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् । लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट