शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

थाइल्याण्ड भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य (सूचीसहित)

थाइल्याण्ड भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य (सूचीसहित)

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • थाइल्याण्ड भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य (सूचीसहित)

    प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमणमा निस्किँदै छन् ।

    थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री आर्जु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतकुमार राई लगायतका कर्मचारी र सहयोगी त्यसतर्फ जाने भएका हुन् ।

    प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्र बीचको ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले सोमबार संसद्मा जानकारी गराएका छन् । द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्याण्डको एक दिने औपचारिक भ्रमण समाप्त हुने उनको भनाइ छ ।


    यस्तो छ भ्रमण टोली
    १) प्रधानमन्त्री केपी शर्मा ओली
    २) प्रधानमन्त्रीका धर्मपत्नी–राधिका शाक्य
    ३) डा. आरजु राणा देउवा–परराष्ट्र मन्त्री
    ४) विष्णुप्रसाद गौतम–शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
    ५) दिवाकर खड्का–प्रमुख सेनानी, सम्माननीय प्रधानमन्त्रीका पाश्र्ववर्ती
    ६) विष्णुप्रसाद रिमाल–प्रधानमन्त्रीका मुख्य सल्लाहकार
    ७) डा. युवराज खतिवडा– प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार
    ८) एकनारायण अर्याल–मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    ९) अमृतबहादुर राई–परराष्ट्र सचिव
    १०) प्रा. डा. श्री दिव्या सिंह शाह– सम्माननीय प्रधानमन्त्रीका निजी चिकित्सक
    ११) राजेश बज्राचार्य–सम्माननीय प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
    १२) तापस अधिकारी– सहसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा, परराष्ट्र मन्त्रालय
    १३) ज्ञानबहादुर मगर–सहसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
    १४) अम्बिका जोशी–उपसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा
    १५) विवेक रिजाल–उपसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
    १६) कमल रावल–माननीय परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव
    १७) ऋचा भट्टराई–शिष्टावार अधिकृत, परराष्ट्र मन्त्रालय
    १८) प्रकाश सिलवाल–वरिष्ठ संवाददाता, रा.स.स.
    १९) कृष्ण खड्का, प्रहरी निरीक्षक, सम्माननीय प्रधानमन्त्रीका सुरक्षा अधिकृत
    २०) सुदीप बुढाथोकी–क्यामेरामेन, नेपाल टेलिभिजन
    २१) दिनेश भण्डारी–प्रधानमन्त्रीका निजी फोटोग्राफर
    २२) जयश्री शाक्य–प्रधानमन्त्रीका निजी सहयोगी (Valet)
    २३) अनिता सिंह–माननीय परराष्ट्रमन्त्रीका निजी सहयोगी (Valet)

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार