शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गणतन्त्र भनेको ओली र देउवा तन्त्र होईन, जनताको तन्त्र होः रवि लामिछाने

गणतन्त्र भनेको ओली र देउवा तन्त्र होईन, जनताको तन्त्र होः रवि लामिछाने

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • गणतन्त्र भनेको ओली र देउवा तन्त्र होईन, जनताको तन्त्र होः रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् । सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए ।

    उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सँभाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ । यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ । अब पार्टीको संरचनामा काम गरौँ, गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ। गणतन्त्रमा पनि सुधार आवश्यक छ ।’

    यसको साथै, उनले १५ दिनभित्र के के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्यान आग्रह गर्दै पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार रहेको बताए ।  उनले भने, ‘मैले के गर्नुपर्छ भन्नुस्, १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु ।’ 

    साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन पनि दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार