Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सहकारीसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ।

सोमबार राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो । 

त्यसअघि उक्त प्रश्तावमाथिको छलफलमा सांसदहरुले राखेको जिज्ञासाका बारेमा मन्त्री अधिकारीले जवाफ दिएका थिए ।