शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जनताले चाहे गणतन्त्र उल्टिन्छ, नहोच्याउनुस्ः राजेन्द्र लिङ्देन

जनताले चाहे गणतन्त्र उल्टिन्छ, नहोच्याउनुस्ः राजेन्द्र लिङ्देन

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • जनताले चाहे गणतन्त्र उल्टिन्छ, नहोच्याउनुस्ः राजेन्द्र लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिन सक्ने बताएका छन् ।

    आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन समेत आग्रह गरे । उनले भने, ‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै, युवाको शक्तिलाई नहोच्याउनुस् ।’ उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आन्दालनकारीले मात्रै नभइ सरकारले पनि ज्यादती गरेको बताए ।

    ‘अस्ती १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस एमाले भन्नेहरू भजन कीर्तन गर्दै आएको हो ? तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ?,’ उनले भने । नेताहरूले बुनेका कथा र शब्दजालले अबको पुस्ता नमान्ने उनको तर्क थियो ।

    ‘एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले, शब्दजालले अबको पुस्ता मान्ने छैन । तपाईको मिथ्यांकले मान्छे पत्याउनेवाला छैन । अहिलेको डिजिटल युग, सूचना प्रविधिको विकास तयसबाट युवा राम्रोसँग परिचित छ,’ लिङ्देनले भने, ‘तपाईंले किन राजा हटाउनु भएको रहेछ ? राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न खोज्नुभयो । तपाईं राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन खालको लुटतन्त्र मच्चाउन खोज्नु भएको छ हेरिरहेको छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट