Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

माधव नेपालको पार्टी कार्यालय पहिलोपल्ट पुगे ओली, कोइरालालाई दिए श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् ।

kp oli-samajbadi office2025-03-31-14-03-40.jpg

कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न र चैत १५ गते तोडफोडमा परेको समाजवादीको कार्यालय अवलोकन गर्न ओली सोमबार आलोकनगर पुगेको उनको सचिवालयले जनाएको छ । एमालेबाटै विभाजन भएर बनेको समाजवादीको कार्यालयमा ओली पहिलो पटक पुगेका हुन् ।

kp oli-samajbadi office1.jpg
२०७८ सालमा नेकपा (एमाले) बाट विभाजन भई नेकपा एकीकृत समाजवादी बनेपछि ओली रुष्ट थिए । माधव नेपाल, झलनाथ खनाल लगायतका नेताले एमालेबाट विभाजन भई गठन गरेको एकीकृतको समाजवादीको कार्यालयमा ओली तीन वर्षपछि पहिलो पटक पुगेका हुन् ।