शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्रीलाई सांसद झाको प्रश्नः कर्मचारी राज्यप्रति लोयल हुने की मन्त्रीप्रति?

प्रधानमन्त्रीलाई सांसद झाको प्रश्नः कर्मचारी राज्यप्रति लोयल हुने की मन्त्रीप्रति?

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • प्रधानमन्त्रीलाई सांसद झाको प्रश्नः कर्मचारी राज्यप्रति लोयल हुने की मन्त्रीप्रति?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले एउटा कर्मचारी संस्थाप्रति लोयल हुने की मन्त्रीप्रति भन्दै प्रश्न गरेका छन् ।

    आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले प्रधानमन्त्रीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा दिएको जवाफप्रति आपत्ति जनाएका हुन् ।

    उनले भने, ‘प्रधानमन्त्रीले भन्नु भयो एउटा कर्मचारीको सरुवा हुँदा उ मन्त्रीप्रति लोयल हुने । कर्मचारी राज्यप्रति लोयल हुने की मन्त्रीप्रति ? मन्त्रीको चाप्लुसी गर्न कोही कर्मचारी आउँछ । कर्मचारी संस्थाप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको हो मन्त्रीप्रति होइन् ।’

    सोमबार नै प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषय सामान्य कुरा रहेको बताएका थिए । उनले भने, ‘सामान्यतया कुनै कर्मचारीबाट विभागीय मन्त्रीले काम गर्दा सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो ।’

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट