शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भाटभटेनी तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति

भाटभटेनी तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • भाटभटेनी तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति

    राजावादी समूहले गरेको आन्दोलनमा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढी रकमको क्षति भएको छ ।

    भाटभटेनीका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ताले भाटभटेनी तोडफोड गर्नुका साथै बाहिरी भागमा रहेका सिसा फुटेका छन् ।

    त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ। त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ ।

    काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार