शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

समाजवादी मोर्चाले भन्यो- राजावादीको आन्दोलन जंगली चरित्रको

समाजवादी मोर्चाले भन्यो- राजावादीको आन्दोलन जंगली चरित्रको

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • समाजवादी मोर्चाले भन्यो- राजावादीको आन्दोलन जंगली चरित्रको

    समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरुले गरेको आन्दोलन जंगली चरित्रको भएको निस्कर्ष निकालेको छ ।

    सोमवार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निस्कर्ष निकालेको हो ।

    बैठकले १५ गतेकै सामजवादी मोर्चाको कार्यक्रम भने शालिन र सशक्त भएको दाबी गरेको छ । साथै समाजवादी मोर्चाको उक्त कार्यक्रमले नै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । उनले राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बताए ।

    समाजवादी मोर्चाले घटनामा संलग्न भएका र डिजाइनकर्ताहरुलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तीनकुने घटनामा भएका क्षतिपूर्ति सरकारले योजनाकारसँग असुल गरेर तिराउनुपर्ने निर्णय गरेको छ । राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुपर्ने माग गरेको छ ।

    जनतालाई जागरुक गरेर खतराप्रति सचेत गरी जनता परिचालन गर्ने योजना सोच्नुपर्ने निस्कर्ष निकालेको छ । नेपालका युवालाई संगठित रुपमा अघि बढाएर रक्षकको रुपमा अघि सार्नुपर्ने निर्णय भएको उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट