Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तीनकुने घटनामा संलग्न जोसुकैलाई कडा कारबाही हुन्छः प्रधानमन्त्री

संसदमा राप्रपाको आपत्ति र नाराबाजी

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । आज सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको बताए ।

‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’ उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

संसदमा राप्रपाको आपत्ति र नाराबाजी
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरिरहेको समयमा राप्रपाले संसद्मा होहल्ला गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर आपत्ति जनाएका थिए ।