Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

माओवादीले गणतन्त्रविरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोड्योः एमाले

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन् ।

आज (आइतबार) संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रविरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताए ।

मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनु पर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले आरोप लगाए ।

उनले एउटा कर्मचारीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री तयार भए पनि सदन अवरुद्ध गरेर प्रतिस्थापन विधेयक पारित नगर्ने दाउपेचमा माओवादी रहेको तर्क गरे ।

उनले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारबाही गर्नुपर्ने स्पष्ट पारे । पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता लिनुपर्ने उनले बताएका छन् ।