Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तीनकुने घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्छः विश्वप्रकाश शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले शुक्रबारको घटनामा पूर्णरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताए ।

पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकार भन्दा बढि दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको बताए ।