शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सर्वोच्चले भन्यो–पाथीभरा केबलकारको काम यथास्थितिमा राख्नू

सर्वोच्चले भन्यो–पाथीभरा केबलकारको काम यथास्थितिमा राख्नू

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • सर्वोच्चले भन्यो–पाथीभरा केबलकारको काम यथास्थितिमा राख्नू

    सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ ।

    यामबहादुर लिम्बूलगायतले पाथीभरा दर्शन केबलकार प्रालिविरुद्ध दायर गरेको रिटमा शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    छलफलका लागि दुवै पक्षलाई आगामी २६ गते बोलाइएको छ । ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्य हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएको,’ आदेशमा भनिएको छ ।

    पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आदिवासी, जनजाति लगायत आन्दोलनमा छन्। केबलकार निर्माणले आफ्नो सांस्कृतिक आस्थामाथि अतिक्रमण हुने उनीहरुले बताउँदै आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार