Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मलाई गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छरे, त्यही भएर सुरक्षित स्थानमा बसेँः दुर्गा प्रसाईँ

राजतन्त्रवादीहरुको ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ का मुख्य कमाण्डर तोकिएका दुर्गा प्रसाईँले प्रहरीसँग माफी मागेका छन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित कार्यक्रममा प्रसाईँले प्रहरीमाथि अभद्र व्यवहार गर्दै सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए । गठ्ठाघरस्थित निजी निवासबाट तीनकुने आएका प्रसाईँ गाडीको माथि नै रहेका थिए । तर जब उनी माथिबाट झरेर आफैँ गाडी चलाउँदै प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढे त्यसपछि प्रहरीले धरपकड गरेको थियो ।

सोही दिन कार्यक्रमस्थलबाट फरार रहेका प्रसाईँले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्र्दै सुरक्षा चुनौतीका कारण आफू लुकेर सुरक्षित स्थानमा बसेको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफूलाई जहाँ भेट्यो उहीँ गोली हान्ने आदेश दिएको समेत आरोप लगाएका छन् ।

‘म भागेको छैन म भाग्दिन, किनभने मलाई गोन्जालो बनाएर यो आन्दोलन दबाउने कोसिस गरिएको छ । मलाई साफ सुटर प्रयोग गरि भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने मैले आदेश सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु । म भागेको छैन,’ उनले भनेका छन् ।

शुक्रबारको तीनकुने घटनापछि प्रसाईँ फरार रहेको र प्रहरीले खोजी गरिरहेको छ । तर प्रसाईँ भने आफू काठमाडौंमै रहेको बताएका छन् । साथै उनले आफू काठमाडौंकै कुनै मन्दिरमा रहेको समेत बताएका छन् ।