शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओलीले हिंसा भड्काउन हौसला दिनुभो : राजेन्द्र लिङदेन

प्रधानमन्त्री ओलीले हिंसा भड्काउन हौसला दिनुभो : राजेन्द्र लिङदेन

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • प्रधानमन्त्री ओलीले हिंसा भड्काउन हौसला दिनुभो : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओली हिंसा भड्काउन उद्यत रहेको आरोप लगाएको छ । शनिबार (चैत १६) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकबाट सरकार नै हिंसा भड्काउन उद्यत रहेको निष्कर्ष निकालिएको हो ।

    “सरकार नै हिंसा भड्काउन उद्यत रहेको भन्ने राप्रपाको निष्कर्ष र ठहर रहेको छ,” बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने । उनले अगाडि भने, “किनभने, प्रधानमन्त्रीले अघिल्लो दिन जुन प्रतिकार गर्न आह्वान गर्नुभो, हौसला दिनुभो कि उहाँचाहिँ त्यहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्थ्यो भन्ने कुरा त्यसबाट पनि प्रस्ट हुन्छ ।”

    शुक्रबार (चैत १५) तीनकुनेमा राजावादीको सभास्थलमा नियोजित रूपमा अश्रुग्यास फ्याँकिएको उनले आरोप लगाए । त्यसबाट सरकार प्रदर्शन बिथोल्न चाहन्थ्यो भन्ने प्रस्ट हुने उनले जिकिर गरे ।

    “शान्तिपूर्ण ढंगले सभा चलिराखेको मञ्चमा जुन ढंगले टियर ग्यास फ्याँकियो मात्र होइन, त्यो आकस्मिक होइन, सुनियोजित रूपमा घरबाट पहिले नै सुरक्षाकर्मी त्यहाँ पसेर ताकेर जुन टियर ग्यास फ्याँकिएको छ, त्यसबाट पनि सरकार बिथोल्न चाहन्थ्यो, त्यो प्रदर्शनलाई भड्काउन चाहन्थ्यो भन्ने देखिन्छ,” उनले भने ।

    पत्रकार सुरेश रजकलाई बचाउन सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि उनको उद्धारमा सरकारी संयन्त्र उदासीन रहेको पनि लिङदेनले आरोप लगाए । तोडफोड, आगजनी र लुटपाट हुँदा पनि उचित सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै उनले सरकारको कमजोरी औँल्याए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार