शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

देउवाको प्रश्न: अहिल्यै यस्तो छ, राजा भए ज्ञानेन्द्रले के गर्लान्?

देउवाको प्रश्न: अहिल्यै यस्तो छ, राजा भए ज्ञानेन्द्रले के गर्लान्?

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • देउवाको प्रश्न: अहिल्यै यस्तो छ, राजा भए ज्ञानेन्द्रले के गर्लान्?

    पूर्व प्रधानमन्त्री समेत रहेका सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले चाहेर गणतन्त्र नहट्ने बताएका छन् ।

    आज शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश एकढिक्का भएको भन्दै कसैले चाहँदैमा गणतन्त्र नहट्ने दावी गरे ।

    उनले भने, ‘त्यस कारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन । देश एक छ । अहिले देशको परिस्थिति यस्तो भएर मैले यहाँ भन्नुपरेको हो ।’ सभापति देउवाले पूर्वराजा शाह कहिल्यै संवैधानिक राजा बन्न नसक्ने दावी गरे ।

    उनले भने, ‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नु पर्ने हुन्छ यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान्? यिनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार