शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीनकुने काण्डमा दुर्गा प्रसाईको ‘आरटीएफ कमाण्डर’ राजभण्डारी पक्राउ

तीनकुने काण्डमा दुर्गा प्रसाईको ‘आरटीएफ कमाण्डर’ राजभण्डारी पक्राउ

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • तीनकुने काण्डमा दुर्गा प्रसाईको ‘आरटीएफ कमाण्डर’ राजभण्डारी पक्राउ

    काठमाडौंको तीनकुनेमा हिजो (शुक्रबार) भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनी नेपाली सेनाका पूर्व क्याप्टेन हुन् । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

    उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए । घटनापछि दुर्गा फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई जनाको ज्यान गएको छ भने करोडौंको धनमाल क्षति भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार