शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्वराजालाई पुर्जी काटेर जेल हाल्नुपर्छ, नवराज सुवेदीलाई गोलघरमा राख्नुपर्छः कैलाश ढुङ्गेल

पूर्वराजालाई पुर्जी काटेर जेल हाल्नुपर्छ, नवराज सुवेदीलाई गोलघरमा राख्नुपर्छः कैलाश ढुङ्गेल

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • पूर्वराजालाई पुर्जी काटेर जेल हाल्नुपर्छ, नवराज सुवेदीलाई गोलघरमा राख्नुपर्छः कैलाश ढुङ्गेल

    नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले ‘मरिसकेको राजतन्त्र’लाई फेरी ब्युँताउने सपना नदेख्न राजावादीलाई आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले विकास विरोधी नवराज सुवेदी जस्ता ‘गनाउने सिद्रा’लाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना नदेख्न चेतावनी दिए ।

    ‘रामेछापको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट बाहिर माथि उठ्न नदिने, विकास विरोधी नवराज सुवेदीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ’, उनले भने ।  अबको लडाइँ राजावादी र गणतन्त्रवादीको अन्तिम लडाइँ भएको बताउँदै ढुङ्गेलले राजावादीको इँटाको जवाफ पत्थरले दिने चेतावनी दिए ।
    ‘व्यक्तिको घर फोर्ने, पत्रकारलाई ज्युँदै जलाउने, पसल लुट्ने, रक्सी लुट्ने, फलफूल लुट्ने, यस्ता मान्छेलाई लिएर राजवादीहरू कता जाँदै छन् ?’ ढुङ्गेलले प्रश्न गरे । 

    ‘लुटेरा जम्मा गरेर अराजकता मच्चाउने पूर्वराजा ज्ञानेन्द्रलाई पूर्जी काटेर जेलमा हाल्नुपर्छ, त्यसका मतियार नवराज सुवेदीलाई गोलघरमा हाल्नुपर्छ, यो व्यवस्था भित्र बसेर यही व्यवस्थाको विरुद्ध लाग्ने राप्रपाका नेताहरूलाई जेल हाल्नुपर्छ, अराजक दुर्गा प्रसाईँलाई हतकडी लगाएर ल्याउनुपर्छ, यस्ता अराजकलाई थुन्ने काम हुनुपर्छ’, उनले भने । 
    ढुङ्गेलले राजनीति गर्न सजिलो भएपनि टिक्न गाह्रो भएको बताए । समाजवादको बाटो सुखको बाटा नभएको उनले स्पष्ट पारे । रक्सी खाएर लरबराएर हिँड्ने मानिस समाजवादको बाटोमा हिँड्न नसक्ने उनले स्पष्ट पारे । 
    समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै एमालेलाई सीरमा बोकेर हिँड्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

    कार्यक्रम वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङले हिजोको घटना अराजक तत्त्वले टाउको उठाउने घटना भएको बताए । हिजोको प्रदर्शन राजनीतिक प्रदर्शन नभएर हिंसात्मक भएको तामाङले स्पष्ट पारे । दुर्गा प्रसाईँ जस्ता ‘ठग’लाई बोकेर पूर्वराजाले समाजलाई आतङ्कित बनाउने काम गरेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै पार्टी वाग्मती प्रदेश कमिटी सदस्य सिता खत्रीले देशमा अराजकता बढ्दै गएको बताउँदै त्यसबाट युवालाई जोगाएर अघि बढाउनु पर्नेमा जोड दिइन् । उनले पूर्वराजाका समर्थकहरूको आन्दोलनमा भएको हिंसात्मक घटनाको निन्दा गरे । 
    कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले एमाले र त्यसका जनसंगठनलाई आफ्नो शक्तिमा विश्वास गर्न आग्रह गरे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार